FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गर्‍यो महामन्त्री एवं प्रवक्ता ढकाललाई निलम्बन

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
  • ३७०

    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  गर्‍यो महामन्त्री एवं प्रवक्ता ढकाललाई निलम्बन

२० असार:   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।

प्रवक्ता ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको प्रष्टीकरण छ।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी हुनु भएको थियो । ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो। बुधबार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बन गरेकोपत्रमा उल्लेख छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस