FLASH NEWS

आज यी प्रदेशमा भारि वर्षा हुने ,सतर्कता अपनाउन आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २०, बिहिबार (२ साल अघि)
  • ३८८

    Shares

आज यी प्रदेशमा भारि वर्षा हुने ,सतर्कता अपनाउन आग्रह

२० असार:  अहिले बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अति वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशैभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा र कोशी र लुम्बिनी प्रदेशमा अति वर्षाको पनि सम्भावना छ। त्यसैले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस