१२७
Shares२९ भाद्र ,२०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती ,लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, कोशी र गण्डकी प्रदेशका थोरै र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।