FLASH NEWS

आज निजामती सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)
  • ४०६

    Shares

आज निजामती सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

फाइल तस्विर

२२ भाद्र , २०८०।    निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा निजामती सेवा दिवस मनाउन थालिएको हो।

२०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

दिवसका अवसरमा बिहान प्रभातफेरी हुँदैछ भने यही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने पनि जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस