FLASH NEWS

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको एक टुकडी भोली काठमाडौं आइपुग्दै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २०, बुधबार (२ साल अघि)
  • ४५२

    Shares

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको एक टुकडी भोली काठमाडौं आइपुग्दै

फाइल फोटो

२० भाद्र, २०८०।       काठमाडौंमा हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना भने भोली नेपाल आइपुग्दैछ। नेपाली सेना र संयुक्त राज्य अमेरिका सेनाबीच नियमित हुँदै आएको संयुक्त सैन्य अभ्यासमा सहभागी हुन १२ जना अमेरिकी सेना नेपाल आउन लागेको हो । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्दार, मानवीय सहायता लगायतका विषयमा अनुभव आदान प्रदान हुनेछ।

भदौ २४ देखि असोज १२ गतेसम्म हुने चालिसौं संस्करणको सैन्य अभ्यासमा नेपाली सेनाका ३० र अमेरिकी सेना १२ जना गरी ४२ जनाको सहभागिता रहने सेनाले बताएको छ। बन्दोवस्तीका सामग्रीसहितको अमेरिकी सैनिक टुकडी बोकेको अमरिकी वायु सेनाको विमान भोलि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ भने पर्सि स्वदेश फर्कनेछ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतकाविषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

यस्तै, संयुक्त अधिराज्यमा हुने क्याब्रियन गस्ती अभ्यास प्रतिष्पर्धामा सहभागी हुन १० सदस्यीय नेपाली सेनाको टोली बेलायत प्रस्थान गरेको छ । प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डको टोली आज बेलायत गएको नेपाली सेनाले बताएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस