FLASH NEWS

पहिरोले बन्द रहेको पृथ्वीराजमार्ग खुल्यो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • १६१

    Shares

पहिरोले बन्द रहेको पृथ्वीराजमार्ग खुल्यो

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

९ भाद्र , २०८०।   चितवनको नाग्दी खोला नजिकै पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

हिजो बेलुका करिब पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरोका कारण काठमाण्डौ आउने गाडी मुग्लिन र काठमाण्डौबाट छुटेका गाडी कुरिनटारमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको आवतजावत सामान्य भएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस