FLASH NEWS

तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र ६, बुधबार (२ साल अघि)
  • ४३१

    Shares

तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन

६ भदौ,, धादिङ।  तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन हुनुभएको छ।
संघको बुधबार धादिङबेशीमा सम्पन्न अधिवेशनले निर तामाङको  अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ चयन हुनु भएको छ। यस्तै सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सम्झना तामाङ रहनु भएको छ।
संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको प्रमुख आतिथ्य तथा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, नेत्रावती डवजोङ गाउँपालिकाकी उपाध्यक्ष सितामाया चोदेन,धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको विशेष आतिथ्यता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस