३०६
Shares२६ साउन,धादिङ । धादिङमा लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ । बागमती प्रदेश अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले लम्पी स्किन रोग नलागेका निरोगी गाई भैंसीलाई खोप लगाउन सुरु गरेको हो ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा अन्तरगतको सप्ताहव्यापि कार्यक्रम अन्तरगत विज्ञ केन्द्र धादिङको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत करिब ४७ सय ५० मात्रा खोप लगाउन सुरु गरिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख सन्दीप सिलवालले जानकारी दिनुभयो ।
धादिङको धुनिबेशी नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गउँपालिकामा खोप सेवा प्रदान गर्न पशु स्वास्थ्य कार्यकर्ताहरुको सुचिकरण समेत गरिएको छ ।
यस बाहेकका अन्य पालिकाहरुमा विज्ञ केन्द्रले अघिल्लो वर्ष उपलव्ध गराएको तथा आफ्नै कार्यक्रम अन्तगत खरिद गरिएका खोप मार्फत सेवा प्रदान गरिसकेका तथा गरिरहेका छन् ।
जिल्लाको विभिन्न स्थानमा देखीएको लम्पी स्किन रोगको रोकथामा लागि कृषकहरुले आफ्नो स्थानिय तहको पशु सेवा शाखामा सम्पर्क गर्न भेटेरिनरी अस्पताल धादिङले कृषकहरुलाई आग्रह गरेको छ ।
चौपायहरु खास गरि गाई भैंसी गोरुहरुमा देखा पर्ने छाला सम्वन्धि रोग ‘लम्पी स्किन’ बाट हाल सम्म धादिङमा २४ हजार पशुवस्तु संक्रमित भएको र ७ सय बढि पशुवस्तुको मृत्यु भएको तथा संक्रमण र मृत्युदर पनि दिन दिनै बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले जनाएको छ ।