FLASH NEWS

सामुदायिक वन दिवसको अवसरमा धादिङमा वृक्षारोपण

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १९४

    Shares

सामुदायिक वन दिवसको अवसरमा धादिङमा वृक्षारोपण

२४साउन,धादिङ ।    आज सामुदायिक वन दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइँएको छ।
“उत्पादन, रोजगार र समृद्रका लागि सामुदायिक वन व्यवस्थापन” भन्ने नाराको साथ् सामुदायिक वन दिवसको उपलक्ष्यमा
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धादिङको आयोजना तथा सत्तरादेवी सामुदायिक वन उपभोक्ता समुह नीलकण्ठ ४ धादिङको संयोजनमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

बुधबार डिभिजन वन कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको प्राविधिक सहयोगमा सत्तरादेवी सामुदायिक वन उपभोक्ता समितिले उक्त वृक्षारोपणमा बाँस, टाकि, निमाराे, कल्कि, वर, पिपल,वकाईनाे लगाएतको २ सय ५० भन्दा बढि बिरुवा रोपिएको नारायण कुमार श्रेष्ठले टोल टोलको खबर लाई जानकारी दिनु भयो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ धादिङ ,डिभिजन वन कार्यालय धादिङ , निलकण्ठ नगर पालिका नगर प्रहरी , लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कल, धादिङ सोसियल भोलेन्टियर नेपाल र स्थानिय युवाहरुको सहभागिता रहेको थियोे ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस