FLASH NEWS

डायमण्ड अवार्ड २०८० काे फाराम खुल्ला

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०८० श्रावण ६, शनिबार (२ साल अघि)
  • ३३०

    Shares

डायमण्ड अवार्ड २०८० काे फाराम खुल्ला

६ साउन २०८०।     डायमण्ड म्युजिक अवार्ड २०८०का लागि फाराम खुलेको छ ।
एन एस म्युजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको अवार्ड कार्यक्रमको विशेष तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।
अवार्डमा सहभागी हुन इच्छुक गायक, निर्देशक, कलाकार, संघसंस्था, प्राविधिकहरूले सहभागिता जनाउन सक्ने जनाइएको छ ।
संस्थाका अध्यक्ष कुसुम दुलाल (सिम्रन) का अनुसार अवार्डमा विभिन्न ५१ वटा विधाहरुमा स्रष्टा एवं कलाकारहरुलाई सम्मान गरिने बताउनु भयो ।
अवार्डमा २०७९ चैतसम्मका गीतहरु सहभागि बन्न सक्ने संस्थाका अध्यक्ष दुलालले टोल टोलको खबर डट कमलाइ जानकारी दिनुभयो ।
एन एस म्युजिक प्रा.लि.को आयोजनामा भक्तपुरमा हुने कार्यक्रममा राष्ट्रिय भावको गीत, लोक तथा दोहोरी गीत, आधुनिक/पप, भाषाभाषिका गीत, काँठे लोक तथा दोहोरी गीत, नव प्रतिभा, प्रत्यक्ष लाइभ दोहोरी, ग्राफिक्स लगायत सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट सम्पादन, सर्वोत्कृष्ट एरेन्जर लगायतका विधाहरु समावेश हुने एन एस म्युजिक प्रा.लि.का संचालक एवं गायक नमराज ढुंगानाले जानकारी दिनुभयो ।
अवार्ड भाद्र १६ मा विशेष कार्यक्रमका विच चलचित्र विकास बोर्डको हलमा हुने तयारि भएको संस्थाका अध्यक्ष कुसुम दुलाल (सिम्रन) ले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस