६५
Sharesशेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।