FLASH NEWS


अखिल नेपाल महिला संघ र रास्ट्रिय  युवा संघ नेपाल धादिङ को बैठक सम्पन्न

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २०, आईतबार (२ साल अघि)
  • ३८८

    Shares

अखिल नेपाल महिला संघ र रास्ट्रिय  युवा संघ नेपाल धादिङ को बैठक सम्पन्न

धादिङ – नेकपा एमाले को जनसङ्गठन रास्ट्रिय  युवा संघ नेपाल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र न.१ स्तरीय बृहत चुनावी भेला सम्पन्न भएको छ। आउँदो मंसिर ४को  निर्वाचनलाइ मध्यनजर गर्दै  परिचालन कमिटीहरु गठन गरिएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र न.१ को चुनावी युवा परिचालन को संयोजक सुनिल तामाङ सहसंयोजक, अनिल मगर सह संयोजक ,बुद्ध लामा सहित १हजार ९०१ सदस्य युवा परिचालन कमिटी गठन  गरिएको छ ।  कार्यक्रम को अध्यक्षता सुजन उप्रेतीले गर्नुभएको थियो ।  भने प्रमुख अतिथि रास्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबं समानुपातिक सांसद को उम्मेदवार क्रान्ति बुर्लाकोटि ,विशेष अतिथीमा  संघ का थाई कमिटी सदस्य धादिङको ईन्चार्ज दिपक खतिवडा नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटा संघ का केन्द्रिय सदस्य एबं पर्यटन बिभाग प्रमुख सन्तोष सिलवा संघ का बागमती प्रदेश कमिटी उपाध्यक्ष दिलिप पौडेल, जिल्ल अध्यक्ष कमल सिलवाल लगायत अन्य नेताहरूको उपस्तिथि रहेको थियो ।

तेस्तै मंसिर ४ मा हुन गइरहेको  निर्वाचन को लागि  नेकपा( एमाले)को जनसङठन अखिल नेपाल महिला संघ क्षेत्र नं १ को निर्वाचन केन्द्रित विस्तारित बैठक पनि सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ  जिल्ला कमिटि उपाध्यक्ष उर्मिला रेग्मिकाे संयाेजकमा  काेपिला थपलिया सिलवाल सह संयाेजक, सीता दुबाडि खनाल सचीव सहित ५०१ निर्वाचन परिचालन कमिटी गठन  गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस