FLASH NEWS

धु न पा ३ को महेशधर्म मा बि मा छात्रवृति वितरण तथा एस. इ .इ उत्तीर्ण विधार्थी हरुको सम्मान को साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • टोलटोलको खबर
  • भिडियो
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २४, शुक्रबार (३ साल अघि)
  • १५८९

    Shares

Post Thumbnail

शुक्रबार धादिङको धुनिबेशी नगरपालिका ३मा रहेको महेशधर्म माध्यमिक विधालयमा छात्रवृति वितरण तथा एस इ इ उत्तीर्ण विधार्थी हरुको सम्मान कार्यक्रम को साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिधालय बेबस्थापन समितिका अध्यक्ष सुब्बे तामाङकोअध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी मदु श्रेष्ठ ,नेपाल चलचित्र कलाकार संघ का अध्यक्ष रबिन्द्र खड्का ,धुनिबेशी ३ का वडा अध्यक्ष प्रकाश हमाल , धुनिबेशी आदर्श क्याम्पसका प्र अ जीवनाथ ढकाल ,भुवनेश्वरी मा बि का प्र अ गणेश कुमार रेग्मी , महेशधर्म माध्यमिक विधालयका प्र अ दिप बहादुर खत्री ,लगायत बिभिन्न विधालय तथा बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,कलाकार , समाज सेवी , बिधार्थी लगायतको सहभागिता रहेको थियो।


उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एबम समाजसेवी मदु श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा आफ्नो बुबा स्व. कृष्ण गोपाल श्रेष्ठ को सम्झनामा गत एस इ इ को परिक्षामा महेशधर्म माध्यमिक विधालय केन्द्र रहेको र उक्त केन्द्रमा सहभागी भएका बिधालयहरु बाट उत्कृष्ठ जी पी ए लेराउन सफल बिधार्थी हरुको लागिको नगद १० /१० हजार पुरस्कार प्रदान गर्नु भएको थियो।


तेस्तै महेशधर्म माध्यमिक विधालयले छात्रवृतिमा नाम रहेका बिधार्थी हरुको लागि छात्रवृति वितरण गरेको थियो।भने सोहि कार्यक्रममा स्व. कृष्ण गोपाल फाउन्डेसनको आयोजनामा स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो। स्व. कृष्ण गोपाल फाउन्डेसनको आयोजनामा अन्य बिभिन्न ठाउमा पनि स्वास्थ्य शिविर संचालन गरिने फाउन्डेसनका अध्यक्ष मदु श्रेष्ठले बताउनु भयो।

भिडियो हेर्नु होला:-

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस