FLASH NEWS


राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • ३३५

    Shares

Post Thumbnail

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मिति नजिकिंदै गर्दा विभिन्न तहका भेला तथा छलफलहरु आयोजना हुन थालेका छन् । यसै क्रममा कास्की क्षेत्र नम्बर ३ मा सोमबार क्षेत्रिय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै भेलाले अधिवेशन सम्पन्न गर्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।
राप्रपा केन्द्रिय सदस्य कुलबहादुर गुरुङ्ग ‘कुलु’को प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य शिवकुमार बाँस्तोला, बरुण विक्रम राणा, गण्डकी प्रदेश सह–सचिव भिम भण्डारी, कास्की उपाध्यक्षद्वय गणेश ढकाल, दानबहादुर गुरुङ्ग, सचिव हरिप्रसाद बराल, पोखरा महानगर कमिटि अध्यक्ष मोतीमान शाक्य लगायतले आ–आफ्नों भनाई राखेका थिए । उनीहरुले पार्टीको मुख्य एजेण्डा संवैधानिक राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दू राष्ट्र कायम, पूर्ण अधिकार सहितको स्थानिय निकाय कायम गर्दै संघियता खारेजी हुनुपर्नेमा जोड दिए ।
कास्की क्षेत्र नम्बर ३ का अध्यक्ष तीर्थराज सुवेदीको अध्यक्षतामा भएको भेलामा क्षेत्र नम्बर ३ अन्र्तगत विभिन्न तहका नेता तथा सक्रिय कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । राप्रपा क्षेत्र नम्बर ३ का युवा नेता पूर्णबहादुर गुरुङ्ग (जापान)ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस