FLASH NEWS

थाक्रेमा महिला स्वास्थ्य स्वंयसेवि सम्मान एवं पुरस्कार वितरण समारोह कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर २०, बिहिबार (१ साल अघि)
  • ४६८

    Shares

थाक्रेमा महिला स्वास्थ्य स्वंयसेवि सम्मान एवं पुरस्कार वितरण समारोह कार्यक्रम

थाक्रे :     धादिङको थाक्रे गाउपालिकामा महिला स्वास्थ्य स्वंयसेवि सम्मान एवं पुरस्कार वितरण समारोह कार्यक्रम भएको छ।

बिहिबार २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा “विविध क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता भन्ने नाराको साथ् उक्त कार्यक्रम भएको हो।

पालिकाका प्रमुख रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ६० वर्ष पुगेर बिधाई भएका सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका मौया थापा मगर ,राममाया सुनार र राजमती भण्डारी लाइ गत साउन महिनामै
जनही प्रदेश सरकार बाट २० हजार र पालिका बाट ३०गरि ५० /५० हजार प्रदान गरिएता भएतापनि बिहिबार प्रमाणपत्र सहित दोसल्ला ओडायर सम्मान सहित बिधाई गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल अधिकारीले टोलटोलको खबर लाइ बताउनु भयो ।

तेस्तै कार्यक्रममा पालिका भित्र रहेका सम्पूर्ण स्वंयसेविकालाइ प्रमाणपत्र सहित टिका र खादा लगाएरपालिकाका अध्यक्ष रामकुमार आचार्यले  सम्मान गर्नु भएको हो जसमध्ये उत्कृष्ट ५ जना स्वंयसेविकालाइ नगद सहित सम्मान गरिएको अधिकारीले बताउनु भयो

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा खड्का ,जनस्वास्थ्य कार्यालय धादिङका अस्मिता महर्जन ,प्रसाशन प्रमुख पुरन आचार्य , पशु पन्छी सेवा शाखाका पशु प्राबिधिक प्रकाश लुइटेल लगाएतको उपस्थिति रहेको सि.अ.न.मि माधवि सिक्देलले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस