FLASH NEWS

कबड्डीको राष्ट्रिय रेफ्री बने धादिङका तीन जना

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)
  • ८१०

    Shares

कबड्डीको राष्ट्रिय रेफ्री बने धादिङका तीन जना

धादिङ :  धादिङका तीन जना कबड्डी रेफ्रीले राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

धादिङ कबड्डी संघका अध्यक्ष समेत रहेका रत्नेश यादव, सुमित दुधराज र विनोद थापामगरले राष्ट्रिय स्तरको एड्भान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिमसँगै कबड्डीको राष्ट्रिय रेफ्रीको लाईसेन्स प्राप्त गरेका हुन्।

काठमाडौंमा भदौ २१ देखि २७ सम्म सञ्चालन भएको तालिममा प्रो–कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी, कबड्डी संघका महासचिव अरविन्दकुमार लगायतले प्रशिक्षण दिनुभएको थियोे।

तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेका थिए । दुवै तालिम लिने ७० जना रहेका छन् ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस