FLASH NEWS

धादिङ सहित नेवार समुदायको बाहुल्य रहेका स्थानमा गाईजात्रा मनाइँदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ भाद्र ४, मंगलबार (१ साल अघि)
  • ५२०

    Shares

धादिङ सहित नेवार समुदायको बाहुल्य रहेका स्थानमा गाईजात्रा मनाइँदै

४ भदौ ,धादिङ :   धादिङको थाक्रे तेस्तै सदरमु धादिङबेसी, मैदि सातदोबाटो, सल्यानटारमा रानिपौवा र सिकटार, खरी, फ्याक्से, सुनौलाबजार यस्तै काठमाडौं उपत्यका , काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलामलगायतका नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ। वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ।

गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।
नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ।

मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ।

गाईजात्राका अवसरमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस