FLASH NEWS

आज राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १८, बिहिबार (२ साल अघि)
  • २५६

    Shares

आज राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने

१८ साउन २०८०।      आज राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बोलाइएको छ।
संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने कार्यसूची छ। यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको जनाइएको छ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषाद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूची छ।

बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको जनाइएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस