FLASH NEWS

गल्छी हत्याकाण्डका तीनैजना आरोपी कारागार चलान

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • २७२

    Shares

गल्छी हत्याकाण्डका तीनैजना आरोपी कारागार चलान

धादिङ।   धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएको हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।
होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

होटेलमा खाएको पैसाको विषयमा विवाद हुँदा हत्या घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ मा बस्दै आएका किरन रानालाई पक्राउ परिएको थियो ।

धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस