FLASH NEWS

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक २५, बुधबार (३ घण्टा अघि)
  • १४

    Shares

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नु भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले आफ्नी बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनु भएको हो।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल तथा विभिन्न सौगात प्रदान गर्नु भएको थियो। त्यसैगरी राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गर्नु भएको थियो। यसबारे राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको हो।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समयलाई उत्तम साइतका रूपमा निर्धारण गरेको थियो।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाई दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस