FLASH NEWS

धुनिबेँसी–८ मा चङ्गा चेट प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १, शनिबार (६ घण्टा अघि)
  • ३८

    Shares

धुनिबेँसी–८ मा चङ्गा चेट प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धादिङ: धादिङको धुनिबेँसी नगरपालिका वडा नं. ८, खर्कडाँडामा बडादसैँको अवसरमा चङ्गा चेट प्रतियोगिता, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ धादिङ पिस खानिखोला तथा लियो क्लब अफ पिस खानिखोलाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चङ्गा चेट प्रतियोगितासहित शुभकामना आदानप्रदान गरिएको थियो।
प्रतियोगितामा सोम लामा प्रथम, राजु प्रसाद रिमाल दोस्रो र करुण पाठक तेस्रो हुन सफल भएका छन्। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले चाडपर्वको मौलिकता जोगाउनुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस