FLASH NEWS

मनसुनी वायुको प्रभावः आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ११, आईतबार (३ घण्टा अघि)
  • २९

    Shares

मनसुनी वायुको प्रभावः आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश स्थानमा बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागमा चट्याङसहित वर्षाको सम्भावना छ। सुदूरपश्चिमका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी–हिमाली भूभागमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस