नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता चयन गरेको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकअघि बसेको सचिवालय बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
एमाले सचिव हिक्मत कार्कीले भण्डारीको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीलाई अघि बढाउन सहयोग पुग्ने बताए। सचिव पद्मा अर्यालले अनुभवी नेताको हैसियतमा उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।
असोज ५ गतेदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुँदैछ। बुधबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।