FLASH NEWS

वर्षाका कारण विपद्को जोखिम बढ्न सक्ने , सतर्क रहन थाक्रे गाउँपालिकाको आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ८, बिहिबार (२ घण्टा अघि)
  • ३१

    Shares

वर्षाका कारण विपद्को जोखिम बढ्न सक्ने , सतर्क रहन थाक्रे गाउँपालिकाको आग्रह

धादिङ : लगातारको वर्षाका कारण राजमार्ग तथा नदी–खोलामा विपद्को जोखिम बढ्न सक्ने भन्दै थाक्रे गाउँपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

गाउँपालिकाले सूचना जारी गर्दै मौसम पूर्वानुमानअनुसार आगामी केही दिन वर्षा हुने सम्भावना रहेकाले राजमार्ग तथा नदी–खोलामा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। विशेषगरी सडक तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन र नदी तथा खोलानजिकका बस्तीका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ।

सम्भावित विपद्का समयमा उद्धार तथा राहत कार्यलाई सहज बनाउन गाउँपालिकाले स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी अवस्थामा रहनसमेत अनुरोध गरेको छ।

गाउँपालिकाले सर्वसाधारणलाई “सतर्कता अपनाऔँ, सुरक्षित रहौँ र विपद्को समयमा एक–अर्कालाई सहयोग गरौँ” भन्दै विपद् जोखिम देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस