१५
Shares
काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ।
न्युयोर्कस्थित नेपाली नियोगका अनुसार भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोशीमा आएको बाढीपछि जारी राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माणका प्रयासमा अमेरिकाले निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको थियो।
भेटघाटमा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत नेपाली पक्षका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।






