FLASH NEWS

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ६, मंगलबार (२ घण्टा अघि)
  • २२

    Shares

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको छ।
आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेसका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस