२८
Shares
धादिङ : एकीकृत सामुदायिक विकास अभियान (ICDC–Nepal) को २९औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ।
सभामा संस्थाले एक वर्षमा सञ्चालन गरेका विभिन्न गतिविधि, प्रगति तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो। साथै, समुदायको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा संस्थाले गर्दै आएका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ। जसअनुसार अध्यक्षमा प्रदीप कोइराला, उपाध्यक्षमा गोपाल गुरुङ, सचिवमा कविता छत्कुली, सहसचिवमा अर्जुन श्रेष्ठ र कोषाध्यक्षमा शीलादेवी खनाल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा बमबहादुर थापा मगर, पम्फा मगराती, केशव नेपाल र विष्णुहरि लम्साल चयन भएका छन्।
समुदायको सामाजिक, आर्थिक तथा समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको ICDC–Nepal ले आगामी कार्यकालमा पनि समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ।









