२०
Shares
काठमाडौं : मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ः५१ बजे कलाई केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसैगरी, बिहान ४ः२८ बजे मुगुकै कलाई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।






