FLASH NEWS

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • १३

    Shares

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ : आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले विभिन्न धार्मिक विधिअनुसार गणेश चतुर्थी तथा ऋषिपञ्चमी पर्व मनाउने गर्दछन्।

विशेषगरी ऋषिपञ्चमी पर्वमा सप्तऋषिको पूजा–आराधना गर्ने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई स्नान गर्ने धार्मिक परम्परा रहेको छ।

स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने गरिन्छ। यसलाई ‘ऋषिपञ्चमीको पूजा लगाउने’ भनिन्छ।

सप्तऋषिको पूजा–आराधना गरिने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको धार्मिक मान्यता छ। ऋषिपञ्चमीका दिन महिलाहरूले व्रत बसी विधिपूर्वक सप्तऋषिको पूजा तथा आराधना गर्ने चलन रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस