७२
Shares
धादिङ: सेट कम्पनीको आधिकारिक बिक्रेता रेग्मी टायर सेन्टरको आयोजनामा धादिङको नौबिसे एग्रो रिसोर्टमा कस्टमर मिट कार्यक्रम सम्पन्न भएको छ।



ग्राहकसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै सेवा, उत्पादन र ग्राहक सन्तुष्टिका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा ग्राहक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा रेग्मी टायर सेन्टरले ग्राहकहरूले आफूहरूप्रति देखाउँदै आएको विश्वास, साथ र मायालाई व्यवसायको सबैभन्दा ठूलो प्रेरणा भएको बताउँदै आगामी दिनमा अझ राम्रो सेवा तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सहयोगीहरूप्रति रेग्मी टायर सेन्टरले विशेष धन्यवादसमेत व्यक्त गरेको छ।
नौबिसे एग्रो रिसोर्टमा आयोजित कस्टमर मिटले ग्राहक र व्यवसायबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।






