१९
Shares
काठमाडौंः आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ, उद्योग वाणिज्य तथा श्रम, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ।



अर्थ समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कामकारबाही, वित्तीय सङ्घीयता र आयोगका सिफारिस कार्यान्वयनबारे छलफल हुनेछ। कानुन समितिमा कारागार तथा हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिमा बाल गृह, सुधार गृह, महिला सुरक्षित आवास गृह तथा वृद्धाश्रमको अवस्थाबारे छलफल हुनेछ। शिक्षा समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक र सार्वजनिक लेखा समितिमा गृह मन्त्रालयसम्बन्धी उजुरीमाथि छलफल गर्ने कार्यसूची छ।
विकास समितिले विगतका कोप सम्मेलनका निर्णय तथा कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै कोप–३१ मा नेपालको तयारीबारे सरकारी अधिकारीसँग जानकारी लिनेछ।






