FLASH NEWS

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २५, सोमबार (६ घण्टा अघि)
  • ३६

    Shares

आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

काठमाडौं :  देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीका पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

राति पनि देशभर बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस