FLASH NEWS

प्रधानमन्त्री बालेन शाहको मध्यराति सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २३, शनिबार (४ घण्टा अघि)
  • ३०

    Shares

प्रधानमन्त्री बालेन शाहको मध्यराति सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मध्यराति सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।

उहाँले आफूले सुनेको वा देखेको विषय र वास्तविकताबीच कहिलेकाहीँ फरक हुन सक्ने संकेत गर्दै परिस्थितिलाई बुझेर मात्र निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ भन्दै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न आफू तयार रहेको सन्देश दिनुभएको छ।

प्रधानमन्त्रीको यो मध्यरातिको सन्देश सार्वजनिक भएपछि यसको अर्थ र सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस