२९
Shares
धुनिबेशि: धादिङको धुनिवेशी नगरपालिका मा पालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएका प्रारम्भिक समस्या तथा तिनको समाधानका उपायबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखापरीक्षकहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा सहकारी संस्थाहरूले भोगिरहेका चुनौती, वित्तीय सुशासन, अभिलेख व्यवस्थापन, लेखापरीक्षण, कानुनी व्यवस्था तथा संस्थागत सुदृढीकरणका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।
सहभागीहरूले सहकारी क्षेत्रलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन आपसी समन्वय, नियमित अनुगमन तथा आवश्यक सुधारात्मक कदमहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, देखिएका समस्याहरूको समयमै समाधान गर्दै सहकारी संस्थाहरूलाई थप व्यवस्थित र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।









