FLASH NEWS

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट दिए राजीनामा

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ९, शनिबार (६ घण्टा अघि)
  • ३०

    Shares

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले  पदबाट दिए  राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले अन्ततः पदबाट राजीनामा दिनु भएको छ । उआको राजीनामाको माग गर्दै करिब एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा सीजेपीले आन्दोलन गरिरहेको थियो ।

नीट पेपर लिक (प्रश्नपत्र चुहावट) प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रदर्शन गरिरहेका थिए । यसअघि कांग्रेससहित विभिन्न विपक्षी दलले पनि उहाको राजीनामा माग्दै आएका थिए । धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामाबारे जानकारी दिनु भएको छ ।

उहाले लेख्नु भएको च्झा , ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस् र हाम्रा विद्यार्थीले आफ्नो समय अध्ययन तथा भविष्य निर्माणमा केन्द्रित गर्न सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्री ज्यूलाई आफ्नो राजीनामापत्र पठाएको छु ।’

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस