FLASH NEWS

सामाजिक अभियन्ता किरण शर्माको टोलीद्वारा थाक्रेका दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ५, मंगलबार (१४ घण्टा अघि)
  • ७९

    Shares

सामाजिक अभियन्ता किरण शर्माको टोलीद्वारा थाक्रेका दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

धादिङ : सामाजिक अभियन्ता किरण शर्माको टोलीले सहयोग अभियानको ११औँ वर्षलाई निरन्तरता दिँदै धादिङको थाक्रे गाउँपालिकास्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

श्रावण ४ गते सम्पन्न सहयोग कार्यक्रममा थाक्रे गाउँपालिका–५ स्थित आदर्श माध्यमिक विद्यालयका केही विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरिएको थियो। साथै विद्यालयलाई भलिबल र भलिबल नेट पनि हस्तान्तरण गरिएको थियो।

त्यसैगरी, थाक्रे गाउँपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयलाई भलिबल, भलिबल नेट तथा रातो–पहेंलो रंगका भलिबल खेलाडीको पोशाक वितरण गरिएको टोलीले जनाएको छ।

कार्यक्रमका क्रममा किरण शर्माको टोलीले विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीप्रति प्रेम, सद्भाव र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

टोलीले विगत ११ वर्षदेखि शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउँदै आएको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस