






४८
Shares
धादिङ, साउन ३: धादिङको नीलकण्ठ नगरपालिका–३, चौतारास्थित दिलबहादुर तामाङको घरको कोठामा अवैध रूपमा जुवा (तास) खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट नगद रु. १,६९,३५०, ३ गड्डी तास, ७ थान मोबाइल, जुवा खेल्न प्रयोग गरिएको १ थान डसना तथा १ थान तासको गड्डी बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धादिङबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।









