FLASH NEWS

धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ११, बिहिबार (४ घण्टा अघि)
  • २७

    Shares

धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक

धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीले प्रस्तुत गरेको बजेटअनुसार कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख २० हजार ८ सय रुपैयाँ (५०.९२ प्रतिशत) र पुँजीगततर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ (४९.०८ प्रतिशत) विनियोजन गरिएको छ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा बैंक मौज्दातलाई आयका प्रमुख स्रोतका रूपमा अनुमान गरेको छ।

क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकास क्षेत्रमा ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ३२ करोड ८७ लाख ८ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ३० करोड ८८ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ ३४ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। साथै, बञ्चरेडाँडा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रहरूको पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त ३ करोड रुपैयाँबाट सञ्चालन हुने योजनासमेत प्रस्ताव गरिएको छ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख बालकृष्ण आचार्यले प्रस्तुत गरेका छन्। सोही सभाबाट नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक–२०८३ र आर्थिक विधेयक–२०८३ समेत पारित गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस