FLASH NEWS

यसपालि मनसुन भित्रिन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २, मंगलबार (१ महिना अघि)
  • ११२

    Shares

यसपालि मनसुन भित्रिन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

काठमाडौँ: गत वर्ष नेपालमा मनसुन सरदर मितिभन्दा १५ दिन अगावै प्रवेश गरेको थियो। तर यस वर्ष भने मनसुन भित्रिन अझै केही दिन ढिला हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन भित्रिने सरदर मिति दुई दिन बितिसकेको भए पनि मनसुन प्रवेश गर्न अझै केही दिन लाग्न सक्ने जानकारी दिनुभयो।

विभागका अनुसार हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले वर्षा भइरहेको हो। साथै, एल निनो प्रशान्त महासागर क्षेत्रमा विकसित भए पनि यो बलियो अवस्थामा नरहेकाले मनसुन प्रणालीको आगमनमा ढिलाइ भएको जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस