FLASH NEWS

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूची सहित ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २६, मंगलबार (३ घण्टा अघि)
  • ३०

    Shares

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूची सहित ?

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची रहेको छ। बजेटमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यक्रम छ।

यस्तै, अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नआएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत कार्यसूची पनि रहेको छ।

यद्यपि, आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश गर्ने वा नगर्ने विषय भने अझै अनिश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाह ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरुद्ध पार्दै आएका छन्।

यसअघि सोमबार बसेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसकेपछि बैठक सञ्चालन हुन सकेको थिएन।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस