FLASH NEWS

थाक्रे गाउँपालिकामा खानी उद्योग सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २३, शनिबार (६ घण्टा अघि)
  • ३४

    Shares

थाक्रे गाउँपालिकामा खानी उद्योग सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ:   धादिङको थाक्रे गाउँपालिका मा खानी उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

थाक्रे गाउँपालिकाको आयोजनामा महादेवबेसीस्थित गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा खानी उद्योगको दिगो सञ्चालन, वातावरणीय प्रभाव न्यूनीकरण, स्थानीय स्रोत–साधनको उचित उपयोग तथा स्थानीय विकासमा खानी उद्योगको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका खानी उद्योगहरूको वर्तमान अवस्था, कानुनी व्यवस्था, वातावरणीय मापदण्ड, सामाजिक उत्तरदायित्व तथा स्थानीय समुदायसँगको सहकार्यका विषयमा सरोकारवालाबीच अन्तरक्रिया भएको थियो। खानीजन्य गतिविधिबाट प्राप्त हुने आर्थिक लाभसँगै वातावरण, कृषि, सडक तथा स्थानीय जनजीवनमा पर्न सक्ने प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले खानी उद्योग सञ्चालन गर्दा प्रचलित कानुन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए। साथै, उद्योग सञ्चालनबाट प्रभावित स्थानीय बासिन्दाको हित, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

थाक्रे गाउपालिकका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षमा कार्यक्रममा जनप्रतिनिधि, खानी व्यवसायी, स्थानीयवासी, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो। सहभागीहरूले खानी उद्योग र स्थानीय समुदायबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए।

कार्यक्रमको समापनमा बोल्नु हुदै अध्यक्ष आचार्यले पालिकाले गरेका धेरै महत्वपूर्ण काम हरुको बारेमा चाहि न आउने हुदै नभाको कुरा चाहि सामाजिक संजालमा फैलाउने अरुको चरित्र माथि दाग लाग्ने काम गरेको बताउनु भयो। उहाले आफु लामो समयदेखि जनताको काम गर्दै आइरहेको र आफु सधै जनताको बोलि बोल्दै आइरहेको बताउदै कुनै त्रुटी भए सच्चिनी र तेस्ता अनमितता भए गरेको पुस्टि गरे आफु पालिका बाट बिदा लिने बताउनु भयो साथै उहाले नभएको कुरा गरेर यस्ता अरुको चरित्रमा दाग लाग्ने काम गर्न नपाइने बताउनु भयो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस