










१००
Shares
धादिङ : धुनिबेशी आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।



विद्यालय परिसरमा आयोजित कार्यक्रममा सर्वोकृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी एन्जिल पाठक (Enjil Pathak) सहित उत्कृष्ट अंक ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन तथा शिक्षक र अभिभावकको महत्वपूर्ण योगदानको प्रशंसा गरिएको थियो। साथै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरिएको विद्यालयले जनाएको छ।
केदार पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यदुनाथ पाठकको प्रमुख आतिथ्यता तथा पत्रकार राजाराम डंगोलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि वडा अध्यक्ष यदुनाथ पाठकले विद्यालयमा मात्र नभई घरमा पनि अभिभावकले आफ्ना बालबालिकाको अध्ययन र गतिविधिमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
त्यस्तै, कार्यक्रमका सभाध्यक्ष केदार पाठकले विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त मेहनतका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा अझ राम्रो व्यवस्थापनसहित विद्यालयलाई अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।






