FLASH NEWS

थाक्रे–५ मा निःशुल्क मोतियाबिन्दु आँखा अप्रेशन शिविर सम्पन्न, १२८ जनाको सफल अप्रेशन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २७, आईतबार (२ दिन अघि)
  • १२६

    Shares

थाक्रे–५ मा निःशुल्क मोतियाबिन्दु आँखा अप्रेशन शिविर सम्पन्न, १२८ जनाको सफल अप्रेशन

थाक्रे: धादिङको थाक्रे गाउँपालिका–५ मा निःशुल्क मोतियाबिन्दु आँखा अप्रेशन शिविर सम्पन्न भएको छ। प्रेमसागर फाउन्डेसन नेपाल (जनभोजन कार्यक्रम), आत्मज्ञान प्रचार संघ, वि.पी. नेत्र प्रतिष्ठान को प्राविधिक सहयोग, रुइत फाउन्डेसन तथा थाक्रे गाउँपालिका को संयुक्त सहकार्यमा सञ्चालन गरिएको दुई दिने शिविर सम्पन्न भएको हो।

शिविरमा मोतियाबिन्दु सम्बन्धी समस्या भएका १४६ जना बिरामीको परीक्षण गरिएको थियो। तीमध्ये १२८ जनाको सफलतापूर्वक निःशुल्क आँखा अप्रेशन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमार्फत आर्थिक अवस्था कमजोर भएका तथा उपचार सेवाबाट टाढा रहेका नागरिकहरूले प्रत्यक्ष लाभ लिएको बताइएको छ।

यसैबीच, गाउँपालिका तथा प्रेमसागर फाउन्डेसन नेपालले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति, संघसंस्था र स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस