FLASH NEWS

आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २०, आईतबार (३ घण्टा अघि)
  • ४४

    Shares

आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ : आज नेपालसहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।

युनेस्को को आयोजनामा अफ्रिकी राष्ट्र नामिबिया को विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणापत्रको सम्झनामा संयुक्त राष्ट्रसङ्घ ले सन् १९९३ देखि यो दिवस मनाउन सुरु गरेको हो।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिमा भविष्य निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ।

यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने तथा द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माणका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ।

अभिव्यक्ति स्वतन्त्रतालाई व्यापक रूपमा प्रयोगमा ल्याउन र नागरिकलाई स्वतन्त्र रूपमा अभिव्यक्त हुन प्रोत्साहित गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

त्यसैले, अधिकारको प्रयोगलाई सुदृढ बनाउँदै सञ्चार क्षेत्रलाई अझ सक्रिय र जिम्मेवार बनाउन यस वर्षको नाराले विशेष अपिल गरेको छ।

राष्ट्रसङ्घको यस निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस