










४२
Shares
काठमाडौं: देशका विभिन्न स्थानमा आज बदली, हावाहुरी, असिना तथा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र मधेस, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म प्रायः दैनिक वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने भएकाले वर्षा तुरुन्तै रोकिने संकेत देखिएको छैन।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको विभागले जनाएको छ।






