FLASH NEWS

आजदेखि देशभर आर्थिक गणना सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २, बुधबार (१ महिना अघि)
  • ११६

    Shares

आजदेखि देशभर आर्थिक गणना सुरु

काठमाडौं  :आजदेखि नेपालभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार यसका लागि गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।

कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यस गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थ मन्त्रालय ले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थासँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

यस आर्थिक गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाह लगायत आर्थिक क्षेत्रका १८ वटा मुख्य पक्षहरूको आधारभूत विवरण सङ्कलन गरिनेछ।

त्यसैगरी, देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, स्वरोजगार तथा ठूलो रोजगारी प्रदान गर्ने संस्थाहरू, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, सरकारी संस्थान, निजी तथा सरकारी विद्यालय, अस्पताल लगायत सबै प्रकारका आर्थिक इकाइहरूको गणना गरिनेछ।

आर्थिक गणनाको तयारी अन्तर्गत पूर्वचरणका कामहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैत महिनाको सुरुआतमा ७७ जिल्लासहित थप ७ गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस