FLASH NEWS

मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि द्वारा क्तदान कार्यक्रम  हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र १७, मंगलबार (२ महिना अघि)
  • २६९

    Shares

मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि द्वारा क्तदान कार्यक्रम  हुने

 धादिङ: मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आगामी चैत्र २० गते रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। चन्दज्योती एकीकृत ग्रामीण विकास समाज (सिड्स नेपाल) को सहआयोजना तथा नेपाल रेडक्रस सोसायटी धादिङको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिन लागेको यस कार्यक्रम थाक्रे गाउँपालिका–११ बालुवाफाँटमा बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

संस्थाकी व्यवस्थापक शान्ती आचार्यका अनुसार कार्यक्रममार्फत समाजमा रक्तदानप्रति सचेतना फैलाउने र आवश्यक रगत अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। कार्यक्रममा सहकारीका शेयर सदस्य, उनीहरूका परिवार तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

सम्बन्धित सबैलाई उपस्थित भई रक्तदान गरी मानव सेवामा योगदान दिन आग्रह गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस