













११८
Shares
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसममा परिवर्तन आएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो र रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यसैगरी मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।
तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ।









