FLASH NEWS

आज ओली लेखकलाई अदालत लगिँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र १५, आईतबार (२ घण्टा अघि)
  • ४३

    Shares

आज  ओली लेखकलाई अदालत लगिँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

दुवै नेतालाई शनिबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। गत भदौ २३–२४ मा नवयुवा पुस्ता ‘जेनजी’ ले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २४०० भन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए।

उक्त घटनाका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका सरकारी संरचना, सुरक्षा निकाय तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुँदा अर्बौंको क्षति भएको थियो।

घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित जिम्मेवार व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै नेतालाई पक्राउ गरिएको हो।

कार्की आयोगले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा अभियोजन सिफारिस गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस