FLASH NEWS

धुनिवेशी आवासीय माविको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ७, शनिबार (१ दिन अघि)
  • १०७

    Shares

धुनिवेशी आवासीय माविको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ :  धुनिवेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिवेशी आवासीय माध्यमिक विद्यालयले आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार पाठकका अनुसार अभिभावक तथा विद्यार्थी अभिमुखीकरण, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाइएको हो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयका शिक्षक तथा योगदानकर्ताहरूलाई सम्मान समेत गरिएको थियो।

यस अवसरमा प्रशिक्षक ईश्वर श्रेष्ठले शिक्षक, अभिभावक तथा विद्यार्थीलाई लक्षित गरी उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले जीवनमा सफलता हासिल गर्न आवश्यक सकारात्मक सोच, अनुशासन र निरन्तर प्रयासको महत्वबारे विभिन्न उदाहरण र तथ्यहरू प्रस्तुत गर्दै निकै रोचक र प्रभावकारी शैलीमा प्रशिक्षण दिनुभएको विद्यालयले जनाएको छ।

कार्यक्रम बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित अन्य अतिथीहरूले समेत विद्यालयको प्रगतिको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस